दैलेख : नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् दैलेखको अध्यक्षमा विनोद कुमार गुरुङ चयन भएका छन् । मंगलबार दैलेखमा भएको पाँचौ अधिवेशनबाट गुरुङ्ग अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
अधिवेशनले महासंघको उपाध्यक्षमा सुमिता थापा मगर, सारदा प्रसाद श्रेष्ठ र मन बहादुर रेगामी मगर चयन भएका छन् । सचिवमा गज बहादुर ढेङ्गा मगर, सह–सचिव पुष्पा गुरुङ्ग, कोषाध्यक्ष मुना थापा मगरलाई चयन गरिएको छ ।
सदस्यहरुमा डम्बर बहादुर थापा मगर, पृथ बहादुर सिजाली मगर, विष्णु थापा मगर, रुपा कुमारी थापा मगर, विनोद पुन मगर, हिक्मत बहादुर गाहा, राम बहादुर माझी, कल्पना थापा मगर, चमन सिजाली र शम्शेर श्रेष्ठ चयन भएका छन् ।
यस्तै नेपाल आदिवासी जनजाति महासंघ नारायण नगर समन्वय परिषद्को अध्यक्षमा जित बहादुर थापा मगर चयन भएका छन् । उपाध्यक्ष्मा नविन कुमार श्रेष्ठ, सचिवमा धर्म थापा, सह–सचिवमा धर्मराज थापा कोषाध्यक्ष गंगा घले, सदस्यहरुमा निरञ्जना श्रेष्ठ, गिता थापा मगर चयन भएका हुन ।










